सुनाखरी न्युज/ काठमाडौं।
नेनेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ।
धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ।राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो।सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला भएको बैंकमा मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ।
चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन्।