२०८१ मंसिर ९ , आइतवार

रास्वपाको बालुवाटार प्रदर्शन : रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बालुवाटार घेराउमा पक्राउ पर्नेको संख्या १७ जना पुगेको छ।पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए।त्यसक्रममा सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्ता पक्राउ परेको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार वीरेन्द्र श्रेष्ठ (ताप्लेजुङ), सांसद अशोक चौधरी, प्रदिप विष्ट (काठमाडौं), सुरेश पोखरेल (झापा), ध्रुब ढकाल (सिन्धुपाल्चोक), नवराज भण्डारी (काठमाडौं), प्रकाश लामिछाने (गोर्खा), रक्षा रायमाझी (काठमाडौं), साहिल प्रिया (नुवाकोट), सवी खड्का (ललितपुर), बुद्धरत्न महर्जन (ललितपुर) पक्राउ परेका हुन्।यस्तै दयाराम नेपाल (सिन्धुपाल्चोक), सुरेन्द्रराज अवाले (ललितपुर), शैलेन्द्र खत्री (भक्तपुर), उमेश लामा (सिन्धुपाल्चोक), खुसिराम कैनी (तनहुँ) नवराज मुडबरी ( गोर्खा)लाई पक्राउ गरिएको रास्वपाले जानकारी दिएको छ।

उनीहरू निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण पक्राउ परेका हुन्। बालुवाटार प्रधानमन्त्री निवास पनि भएकाले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेको छ।