२०८१ मंसिर ७ , शुक्रवार

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं।

युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताउनु भएको छ ।उहाँले टेलिग्राम मार्फत घटनाको जानकारी गराउदै हमलामा मानविय क्षती हुनुका साथै घरहरू क्षतीग्रत भएको उल्लेख गर्नु भएको छ ।

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो ।स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।  रासस/एएफपी