२०८१ मंसिर ९ , आइतवार

भारतीय एयरलाइन्समा बम राखेको झुटो खबर दिएको आरोपमा भारतमा एक जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं।

भारतीय एयरलाइन्स र होटलहरूमा बम राखेको भन्दै झुटो सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन्।नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उइकेलाई पक्राउ गरेको न्यूज १८ इन्डियाले उल्लेख गरेको छ।

यसअघि सन् २०२१ मा एउटा मुद्दामा पक्राउ परेको रेकर्ड छ। उनले झुटा इमेलहरू पठाएको फेला परेपछि उनको पहिचान खुलेको र प्रहरीले नियन्त्रणमा लिएको न्यूज १८ इन्डियाले लेखेको छ।

पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।