२०८१ पुष ७ , आइतवार

साफ महिला च्याम्पियनसिपः नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै, खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

SAFF-Women-Championship-2024-trophy-1024×682

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल र बंगलादेशबीच आज  प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।

 

नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।