२०८१ मंसिर ८ , शनिवार

१४‍.४३ अंकले घट्यो नेप्से , ५ अर्ब ९५ करोडको कारोबार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

तिहारअघि दोहोरो अंकले करेक्सन भएर नेप्से बन्द भएको छ।यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ ।

बजारमा करेक्सन देखिए पनि कारोबार रकम भने ५ अर्ब ९५ करोड पुगेको छ। मंगलबार ४६‍‍.६९ अंकले बजार बुद्धि हुँदा पनि कारोबार रकम भने ६ अर्ब १२ करोड रुपैयाँ मात्र थियो।

बुधबार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घट्यो भने ५ वटाको स्थिर रहदा एक करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ।