२०८१ पुष ८ , सोमवार

ज्योति विकास बैंक र दराज बीच दराजको ११.११ अभियानको लागि सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ ९कार्तिक २६ गते, २०८१० देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिंङ्ग तथा ब्रान्डिङ प्रमुख कुशल जंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भूर्तेलले हस्ताक्षर गरेको छ ।

ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% सम्मको छुट प्राप्त गर्न सकिने जनाएको छ।
ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले काठमाडौँस्थित”Kids Kottage”मा बैंकका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले “Tranquility Spa”का देशभरका १७ वटै आउटलेटहरुमा ३०५ तथा काठमाडौँस्थित “Saaki Boutique”मा २५% र “Luga Suga ” मा २२५ सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।