२०८१ कार्तिक १६ , शुक्रवार

साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न रंगशालामा ओइरिए दर्शक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकहरु दशरथ रंगशालामा प्रवेश गर्न थालेका छन् ।

बुधबार बेलुका साढे ६ बजे सुरु हुने खेल हेर्न दर्शकहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुग्न थालेका हुन् ।

यसअघि आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमता भन्दा बढी दर्शक भएको भन्दै आजको खेलका लागि जम्मा ११ हजार टिकट मात्र बिक्री गरिएको छ ।