सुनाखरी न्युज/ काठमाडौं ।
उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.ए.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको थियो ।
यसअघि दक्षिण कोरियाले बुधबार मात्रै आगामी पाँच नोभेम्बरमा अमेरिकी चुनाव हुनुभन्दा अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्ने जनाएको थियो । नभन्दै उत्तर कोरियाले आज बिहान ब्यालेस्टिक मिसाइल नै प्रहार गरेको छ ।
पछिल्लो समय उत्तर कोरिया छिमेकी देशहरुप्रति आक्रामक देखिएको छ । यसअघि दक्षिण कोरियालाई जोड्ने एक सडक उत्तर कोरियाले बम विष्फोट गराएर भत्काएको थियो ।