२०८१ मंसिर ७ , शुक्रवार

रविलाई थप गरिएको म्याद सकियो, सार्वजनिक बिदाले तिहार भर हिरासतमै

Rabi

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ । कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

कात्तिक १५ गते (आज) देखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ । यससँगै उनको तिहार हिरासतमै बित्ने भएको छ । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।
अर्थात् प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो ।

प्रहरीले रविलाई कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउने छ ।