२०८१ मंसिर ८ , शनिवार

उपनिर्वाचनको तयारीमा दलहरू, कुन दलको तयारी कस्तो ?

Election Cpmiossion

सुनाखरी नयुज/ काठमाडौं ।
कांग्रेस, एमाले,  माओवादी लगायतका  दलहरूले स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोटको तयारी थालेका छन् । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ ।

 

 

कांग्रेसले बुधबार स्थानीय तह उपनिर्वाचन ०८१ का लागि संयोजन समिति गठन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस र एमाले सत्ता गठबन्धनमा भए पनि उपनिर्वाचनमा आफ्नो पार्टीले सबै पदमा उम्मेदवार उठाउने बताए । कांग्रेसले गत स्थानीय तह निर्वाचनमा ३२९ पालिका जितेको थियो ।

एमालेले कात्तिक २० सम्म पालिका प्रमुख र उपप्रमुख तथा कात्तिक १५ मा वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

माओवादीले पनि उपनिर्वाचनका उम्मेदवार चयन सुरु गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

 

निर्वाचन आयोगले पुरुष निवार्चित भएका पालिका र जिल्ला समन्वय समितिमा महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ ।