२०८१ मंसिर ६ , बिहिवार

कालिमाटीमा सस्तियो गोलभेँडा र अन्य तरकारी

tomatoes

सुनाखरी न्युज/ काठमाडौं ।
बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ।  बजारमा तिहार सुरू हुनु अघिको तुलनामा अहिले गोलभेँडाको भाउ सस्तिएको छ।

बजारमा गोलभेँडा ठूलो, लोकल सानो र लोकल टनेल गरी तीन प्रकारको आउँछ। ठूलो गोलभेँडा र टनेल गालेभेँडा भने भारतबाट पनि भित्रिने गरेको छ।

तिहार सुरू हुन अघि अर्थात् कात्तिक १३ गते कालिमाटी बजारमा ठूलो, टनेल सानो र लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ९० रूपैयाँदेखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, भारतीय सानो गोलभेँडा ८० देखि ९० रूपैयाँ थियो।

तिहारपछि आज कात्तिक १९ गते कालिमाटी बजारमा भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य ८० देखि ९० रूपैयाँ, गोलभेँडा सानो लोकल ६० देखि ७० र सानो गोलभेँडा ९० देखि एक सय २० रूपैयाँमा कारोबार भइरहको छ।