२०८१ मंसिर ८ , शनिवार

ईश्वरप्रति: कवि सन्तोष कुमार पोखरेल

Santosh

मान्छे चटकी होला, तर ईश्वर जादूगर हुन्छ
जादूगरले के चैं नगर्ला,
जीवन कति यथार्थ र कति तिलश्मी छ
सर्जकलाई सोध्नुपर्ला।
तर सर्जक नेपथ्यमा मुख लुकाएर बस्छ।
म उसलाई सोध्न चाहँन्छु,
उसको स्थान मेरो सृष्टिको क्रममा कहाँ पर्छ ?
तर उ बोल्दैन ।  त्यस मूक ईशको मान्छे पूजा गर्छ
सारा जीवन खर्च गर्छ अनि उमेर छँदै मर्छ।
कसले बताउला त्यो अगति पर्छ कि तर्छ ?

यदि ईशप्राप्ति नै तर्नु हो भने
मुख लुकाउने ईशको साथ, अनि हाम्रा कर्मको के होला हालत ?
अध्यात्मका तर्कहरूमाझ म पनि गम खाँदैछु आज। (सर्वाधिकार कवि पोखरेलमा । कवि  हाम्रो समयका विश्वकवि हुनुहुन्छ। वहाँको यो विद्रोही आध्यात्मिक कविता पाठकहरूलाई पस्कँदैछौं।)