२०८१ मंसिर १० , सोमवार

आजको मौसमः हिमाली भेगमा हिमपातको सम्भावना

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

देशका थोरै ठाउँमा आज पनि  वर्षा भइरहेको छ । पहाडी भू-भागका एकरदुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू(भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।