२०८१ मंसिर ८ , शनिवार

देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ३० बढी घाइते

accident

सुनाखरी नयुज/ बुटवल ।

बसको ठक्करबाट अर्घाखाँचीमा  तिहारको भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो खेलिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

 

बसको एक्कासि ब्रेक फेल भइ बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लले बताए ।

घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।