सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा सुनको मूल्य घटेको छ। कात्तिक १५ गते तिहारअघि तोकिएको अन्तिम मूल्य प्रतितोला एक लाख ७१ हजार रहेको थियो। त्यसयता सोही मूल्यमा कारोबार भएको थियो।
आज स्थानीय बजार प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि केही घटेको छ। यस दिनको लागि प्रतितोला दुई हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ।