२०८१ पुष ९ , मंगलबार

चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको मङ्गलबार बताउनु भएको छ ।बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । तर महामारीको कारण तेस्रो त्रैमासिकमा सबैभन्दा कम वृद्धि हासिल गरेको छ ।

सरकारले आर्थिक गतिविधि बढाउने उद्देश्यले दर कटौती खरिद विक्री प्रतिबन्धलगायतका उपायहरूको घोषणा गरेको छ, तर विश्लेषकहरूले हाल सम्म अभावको आलोचना गरिरहेका छन् ।पर्यवेक्षकहरूले बेइजिङमा चीनको संसदको शीर्ष निकाय नेसनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको आसन्न बैठकबाट प्रोत्साहनका लागि विशेष तथ्याङ्क आउन सक्ने आशा गरेका छन् ।

साङ्घाईमा एक प्रमुख अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको उद्घाटन समारोहमा मङ्लबार बोल्दै लीले यस वर्षको लक्ष्यहरू र भविष्यमा चीनको अर्थतन्त्रको विकासमा पूर्ण रूपमा विश्वस्त रहेको बताउनु भएको हो ।आर्थिक दबाबको सामना गर्नुपर्दा आर्थिक समायोजनहरू बढाउने आवश्यकता बीच वित्तीय तथा मौद्रिक नीतिहरूका लागि अपेक्षाकृत र नीतिगत उपकरणहरू प्रचुर मात्रामा रहेको उहाँको भनाई छ ।मङ्गलबार प्रकाशित सूचकाङ्क अनुसार अक्टोबरमा चीनको सेवा क्षेत्रमा पनि गति बढेको छ ।

यस एण्ड पी ग्लोबल र चिनियाँ व्यापार मिडिया द्वारा गणना गरिएको सेवाहरूको लागि खरीद प्रबन्धक सूचकाङ्क सेप्टेम्बरमा ५०.३ बाट ५२ मा पुगेको छ । यो आँकडा जुलाईपछिको सबैभन्दा राम्रो हो ।सिन्ह्वाका अनुसार सोमबार सांसदहरूले ऋणहरू प्रतिस्थापन गर्न स्थानीय सरकारको ऋण सीमा बढाउने विधेयकको समीक्षा गरेका छन् ।साङ्घाईमा वार्षिक शोकेस ट्रेड शो चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपो (सीआईआईई) मा बोल्दै लीले विदेशी लगानीका लागि थप उद्धारता अवलम्वन गर्न चीन प्रतिबद्ध रहेको बताउनु भएको छ ।  रासस/एएफपी