२०८१ पुष ८ , सोमवार

प्रधानमन्त्री ओली अस्वस्थ

k p oli

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।

प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।