२०८१ मंसिर ८ , शनिवार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट,चार अर्ब २० करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

तिहारपछि खुलेको सेयर बजार स्थिर देखिएको छ। मंगलबारको कारोबारमा एक पटक २६९६ सम्म पुगेको नेप्सेले त्यो वृद्धि कायम राख्न सकेन। बजार बन्द हुँदा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० विन्दु आएपछि बजार बन्द भएको छ।

यस्तो घटबढलाई बजार स्थिर भएको रूपमा हेरिन्छ। नेप्से अहिले निश्चित बिन्दुबीच रहेर घटबढ भएकोले ‘साइडवेज मुभमेन्ट’ मा देखिएको छ। २५ सय माथि रहने तर २७ सयको विन्दु पार गर्न समस्या पर्ने गरेको देखिन्छ।

यो साइडवेज मुभमेन्ट प्रवृत्तिको अन्त्य बढेर भएमा बजार थप केही बढ्नेछ भने घटेर भएमा थप घट्नेछ।मंगलबार कारोबार रकम समेत घटेको छ। यसले लगानीकर्ताहरूले निर्णय लिन नसकिरहेको पुष्टि गर्छ। यसदिन चार अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ।तिहार अघिको अन्तिम कारोबार दिनमा पाँच अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको थियो।