२०८१ मंसिर ८ , शनिवार

नेपालमा विरासतको राजनितिक महत्ता

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल:

विरासतलाई दुई तरिकाले हेर्ने गरिन्छ । एउटा पैतृक विरासत र अर्को राजनितिक विरासत । यी दुबै विरासतहरू लाई वर्तमान समाजले सरल रूपमा बुझ्ने गर्दछ । पैतृक विरासतले पैत्रिक आर्जन उपार्जन र राज्य सत्ताका उत्तराधिकारी हुने गर्दछन । यो पैतृक विरासत राजा महाराजाहरूले पाउने गर्दछन । राजाको छोरा ,भाई , छोरी हरू मात्रा राज्यको उत्तराधिकारी हुने गर्दछन । राजा महाराजाधिराजहरू ले बिना राजनितिक प्रतिस्पर्धा सत्ताको खुडकिलोमा उक्लिने गर्दछन ।
पारिवारिक विरासत बाट पाउने संपति वा अंश वा वस्तुलाई आ आफ्ना संततिलेनै आफ्नो ऐस आराममानै खर्चेर जाने गर्दछन । कसै कसैले कुनै वस्तु वा धरोहरहरू निर्माण गरि समाजलाई हस्तान्तरण गर्ने प्रचलनमा पनि रहेको देखिन्छ । राजनितिक विरासतमा सामान्नतया मुलुक वा समाजमा राजनितिक पहिचान बनाउन सकेका राजनितिक ब्यक्तित्वहरूले अबलंवन वा प्रतिपादन गरेको शिद्धान्त वा बिचारलाई ठोसरूपमा समाजमा लैजाने वा लागु गरेको कारणबाट मुलुक वा समाजमा राजनितिक, सामाजिक, आर्थिक र सांसकृतिक परिवर्तन ल्याउन योगदान पुर्याएका हरूको वर्चस्व हुने गर्दछ । यस्ता राजनेताले मुलुक समाजलाई अग्रगमन तर्फ डोर्याउने काम गरेका कारणले समाजले संमझिने गर्छदछन । राजनेताले प्रतिपादन गरेको शिद्धान्त र बिचारलाई डोर्याउन सक्ने उनकै परिवारका संतति ९ छोरा, छोरी भाई भतिजहरू० वा परिवारजनका उदयमान सदस्यहरूले वा आग्रजहरूले प्रतिपादन गरेका शिद्धान्त, नीति वा विचारहरूलाई समाजमा राजनितिक संगठन र समुह मार्फत लैजाने हुन्छन ।नेपालको वर्तमान राजनितिक अन्योल, दिशाहिन नेताको विकल्पको खोजि सुरू भई सकेको छ ।

मुलुक र समाजमा रहेको आक्रोष र अनिश्चितालाई चिर्न सक्ने समाजमा आशा जगाउन सक्ने राजनितिक विरासिती बोकेका राजनितिक ब्यक्तित्वको खोजि नेपाली समाजले गरिरहेको बुझिन्छ । मुलुकमा आर्थिक, समाजिक, सांस्कृतिक र राजनैयिक परिवर्तन ल्याउन सक्ने ईमान्दार, सक्षम, दुर दृष्ट ९ खष्कष्यलबचथ ०, समाजलाई जोड्न सक्ने नेताको खोजि गर्नु पर्ने समय आएको छ। यस अर्थमा राजितिक विरासत ९ प्रतिस्पर्धा० बाट आउन सक्ने नेताको खांचो समाजले महसुस गर्न थालेको छ । न कि टिका वा आशिर्वादबाट राचनितिकको उपल्लो तहमा स्थापना हुन चाहने वा खोज्नेलाई यहां राजनितिक विरासतको दिने किमार्थ हुनु हुंदैन ।तर मुलुक र समाजलाई सहि दिशामा डोर्याउन सकेका यस्ता राजनितिक विरासत बोकेका अनेकौ उदहारणहरू ब्याग्रलै हाम्रो सामु छन । चाहे नेपाल होस चाहे त्यो अमेरिकानै होस चाहे त्यो भारत नै होस चाहे त्यो बंगलादेश नै किन न होस विरासतको राजनितिबाट आ आफ्नो कालमा देशको उपल्लो तहमा पुगि मुलुकको बागडोर संम्हालेका राजनेताहरूको योगदानको धेरै कथा कहनीहरू हाम्रा सामु टडकारोरूपमा रहेको छ ।

अमेरीकामा जोर्ज बुस ९ प्रथम० सन १९८९ मा राष्ट्रपति भएको बेला सद्दामि ईराकले कुवेतमा आक्रमण गरि देशै हत्याउन खोज्दा अमेरिकी अस्त्र शस्त्रले आक्रमण गरि कुवेतलाई ईराकी केपभाजनबाट जोर्ज एच बुसले बचाएका थिए । यो साहसिक कदमको विश्व समुदायले समेत बुसको प्रशंसा गरेको थियो । यहि जोर्ज एच बुसको योगदानको पुरस्कार स्वरूप बुसका छोरा जुनियर जोर्ज डब्लु बुसलाई सन २००१ मा अमेरिकाकै राष्ट्रपति अमेरिकीहरूले चुनेर पुरस्कृत गरेका थिए । जुनियर बुस दुई कार्यकाल अमेरिकी राष्ट्रपति पनि भए । यस्तै विरासत हाम्रो छिमेकी भारतको पनि स्मरण गर्ने योग्यनै छ । गणतंत्र भारतका प्रथम प्रधानमंत्री पं। जवाहरलाल नेहरूका संन्तति श्रीमति ईन्दिरा गांधिले नेहरूको राजनितीक विरासतमानै हालिमुहालि गरि झंडै १९ बर्ष भारतको प्रधानमंत्रीको बागडोर संम्हाले कि थिईन।

यसरीनै बंगलादेशको जन्मदिने क्रान्तिकारी राष्ट्रपति बंगबन्धु मुजिवुर रहमानकि छोरी श्रीमति शेख हसिनाले पनि आफ्नु बाबुको विरासतमा झंडै १९ बर्ष बंगलादेशको मुखिया भएर बसिन । श्रीलंकामा सन साठ्ठीको दशकमा तीन तीन पटक सम्म प्रधानमंत्री भएकि श्रीमति श्रीमावो दास भंडारनाईकेकी सुपुत्री श्रीमति चंद्रिका कुमारतुंगा पनि सन १९९० देखि पटक पटक प्रधानमंत्री र राष्ट्रपतिको पद संम्हाल्दै आफ्नै आमाको पद चिन्हमा हिडने दक्षिण एशियाको सफल विरासति नेतामा गनिन्छिन। पाकिस्तानमा सन सत्तरीको दशकमा सेनाको अधिपत्यको अन्त पश्चात पाकिस्तानमा प्रधानमंत्री भएका जुल्फिकार अलि भुट्टो जस्ले भारत संगको सन २०७१ को लडाईमा हरे पछि कठिन समयमा पाकिस्तानको प्रधानमंत्री भई बागडोर संम्हालेका थिए । उनैकि छोरी विरासति राजनैयिक सुश्री बेन्जिर भुट्टोले पनि पाकिस्तानको सन १९८८ देखि १९९६ सम्ममा दुई दुई पटक प्रधानमंत्री भएकि थिन। सुश्री भुट्टोले पनि आफ्नो बाबु जुल्फिकार भुट्टोको राजनितीक विरासतनै थामेकि थिन भन्दा भुट्टो परिवारलाई अन्याय हुने छैन ।केहि मुलुकको घटना परिघटनाले पनि समाजमा विरासिती राजतितिको महत्ता रैछ भन्ने बुझ्न सकिन्छ ।यस अर्थमा मुलुक र समाज अनिर्णित, दिशाहिन, अन्नौल र अवाक भईरहेको बेला राजनितिक विरासतको बिडो थाम्न कोहि न कोहि अगाडि आएका थिए । समय प्रतिकुल हुंदा राजनितिक विरासत बोकाका क्रन्तिकारी युवा युवतीहरू अगाडि आउन समाजको चाहना हुने गर्दछ । नेपालको १०४ बर्षे राणा शासनको अंत गर्न ज्यानको परवाह न गरि शासन सत्ता फाल्न होम्मिएका शहिद गॅगालालका भई पुष्पलाल श्रेष्ठलाई स्मरण गरिन्छ भने सामाजिक र राजनितिक परिवर्तनका क्रन्तिकारी युगपुरूष कृष्ण प्रसाद कोईरालाका सुपुत्रहरू मात्रिका प्रसाद कोईराला र संम्मानित नेता बिश्वेशर प्रसाद कोईरालालाई विरासतको राजनितीमा अग्रणि स्थानमा राख्न सकिन्छ ।
राणाकालका प्रथम प्रधानमंत्री जंग बहादुर राणाले आफु पछिको राजनितिक विरासत आफाना संतति ९ छोरा छोरीहरू०मा न लगी राणाकालको सत्ता निरंतरकाका लागी आफ्ना भाईहरू लाई विरासत दिने थिति बसालेका थिए । आफ्ना भईहरूको रोलक्रम बनाई क्रमैसंग नेपालको श्री ३ महाराज बनाउने चाजो मिलाए पनि बिच बिचमा उनै राणाहरूका भारदारहरू आ आफै सत्तामा पुग्न लुछाचुंडि गर्ने गरेको ईतिहास पनि हाम्रा सामु छ । यसैको फलस्वरूप राणा शासनको अंत २००७ सालको नेपाली कांग्रेश पार्टिको नेत्रित्यमा भएको जनक्रान्तिले अन्त गरेको थियो । देशमा नयां थिति र नयां राज्य सत्ताको निर्माण गर्ने जिम्मा नेपाली कांग्रेशको कांधमा आएको थियो । नेपाली कंग्रेशका नेता बिश्वेसर प्रसाद कोईरालाले नेपाललाई आधुनिक मुलुक बनाउने सपना साकार पार्न संगठन विस्तारमा लागे र २०१५ को संसदिय चुनावमा दुई तिहाई बहुमत ल्याई नेपालका प्रथम जन निर्वाचित प्रधानमंत्री भए संगै उनै कोईराला नेपालको क्षितिजमा चम्किने सितारानै भईनै रहे ।
पछिल्लो समयमा नेपालका सर्बोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले पनि विरासतकै राजनितिकको भरमै राजनितिमा अझ सम्म टिकेर बसेका छन । बामपंथि नेता मदन भंडारीको राजनितिक विरासतको कसरतमा मदन भंडारी की श्रीमती एंवम पुर्व राष्ट्रपति विद्या भंडारी पनि राजनितिक विरासतकै आडमा नेकपा ९ एमाले० मा लोकप्रिय छिन भन्दा अतिशोक्ति पक्कै पनि न होला भन्ने यो पंक्तिकारलाई लागेको छ ।

नेपाली कांग्रेश पार्टि भित्र विरासतको राजनितीमा आड भरोसा गर्नेको लर्कोनै छ । तर नेकपा ९ एमाले० मा येन तेन मदन भंडारीको राजनितीक विरासतको लालसा मात्र विद्या भंडारी मात्र अहिले देखिएको हुनुहुन्छ । नेकपा ९ एमाले० का अर्का सुप्रीमो खडक प्रसाद ओलीको राजनितिक विरासत थाम्ने सुन्ननै छ । अर्थात केपी ओलीले आफ्नो विरासत आफु संगै लिएर जाने पक्कै छ ।

नेपाली कांग्रेश पार्टि भित्र राजनितिक विरासत थाम्नेको लर्को नै छ। कांग्रेशका वर्तमान सभापति शेर बहादुर देउवाको राजनितिक विरासत थाम्ने गरि अगाडि कोहि पनि सरेको देखिएको छैन । तर देउवा पनि विरासत थाम्नेको लालसा न भएको हौईन तर अगाडि सरेर शेर बहादुरको फेरो समातेर जाने हिम्मत पनि कसैले देखाएका छैनन । राजनितिक विरासत र संपत्तिको विरासत अलग अलग बिषय हुन जस्तो बुझिन्छ । राजनितिक विरासतका लागी त्याग, वलिदान, निष्ठा, ईमानिदारिता र पार्टि भित्र र पार्टि बाहिर पनि लोकप्रिय हुनु पर्छ भन्ने आम बुझाई छ । यस अर्थमा केहि ब्यक्ति र समुहले छलागं लगाउने प्रयास गरेकै हो । तर छलागं मार्दा खोलाको अर्को किनारा कतिको दरोछ भन्ने नबुझ्दा नदिमै भास्सिने दौरमा देखिएका छन । नेपालमा राजनितिक विरासतमा थाम्न सक्ने कृष्ण प्रसाद कोईरालाका संततिमा संभावना अहिलेको लागी देखिन्छ । नेताका ईमान्दार, लोकतंत्र प्रतिको निष्ठा, क्षमतावान दुर दृष्टि भएका संसतिहरू एकै ठाउंमा आउन सके केहिन केहि मुलुक र समाज परिवर्तनमा योगदान पुर्याउन सक्ने आशा आम नेपालीले गरेको बुझिन्छ । परंम्परागत विरासतको भाग खोज्ने नेपाली समाजले किमार्थ पचाउन सक्ने छैन । अतः नेपालमा प्रतिस्पर्धि राजनितिक विरासतको खांचोलाई औंलाउदै यो आलेखको बिट मारिएको छ ।