२०८१ मंसिर ९ , आइतवार

कोशीका आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।

राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।