सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार बिहान सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की आएको थियो । मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान जान सक्ने उल्लेख गरिएको थियो ।
तर, मिडिया रिपोर्टका अनुसार धम्की दिने आरोपीलाई प्रहरीले कर्नाटकबाट पक्राउ गरेको छ । उनको नाम विक्रम हो । प्रहरीले घटनाको अनुसन्धानका लागि आरोपीलाई मुम्बई ल्याउने बताइएको छ ।मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुममा एउटा सन्देश आएको थियो।
मध्यरातमा आएको सन्देशमा लेखिएको थियो, ‘यदि सलमान खान जीवित रहन चाहन्छन् भने उसले हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नुपर्छ । हाम्रो गिरोह अझै सक्रिय छ।’अक्टोबर २५ मा सलमानलाई दुई पटक धम्की आएको थियो ।