२०८१ पुष ८ , सोमवार

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो

k p oli

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ ।ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् । ‘घाँटीमा संक्रमण पनि भएको छ ।

पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ,’ डा. सिंहले भनिन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएका छौं ।’

मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताइन् । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहको भनाइ छ ।

प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ ।अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।