२०८१ पुष २९ , सोमवार

नेप्सेमा झिनो अंकको गिरावट, ५ अर्ब २२ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ ।यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ ।

१२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ । अघिल्लो दिन नेप्से ०.२१ अंक घटेको थियो ।

कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो ।