२०८१ मंसिर ७ , शुक्रवार

३० जिल्लामा फैलियो जापानिज इन्सेफ्लाइटिस, मृत्यु दर उच्च

dengue

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को प्रकोप बढ्दै गएको छ ।

देशभर ३० जिल्लामा फैलिँदा ८० जना संक्रमित फेला परेका छन् । ९१५ शंकास्पद बिरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ । यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएको छ ।

परिवार कल्याण महाशाखाको अनुसार यसवर्ष जेई संक्रमणले १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ ।

 

नेपालमा जापानिज इन्सेफ्लाइटिसको मृत्युदर बढेर २८ प्रतिशत पुगेको छ । खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्दा स्वास्थ्य विज्ञहरू चिन्तित व्यक्त गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको छ ।