२०८१ मंसिर ८ , शनिवार

ट्रम्पले जित्दा एकैदिन प्रतितोला ४ हजार घट्यो सुन

gold

सुनाखरी न्युज/काठमाडौं ।

नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको विश्लेषण गरिएको छ। उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढ्न सक्ने विश्लेषण गरिएको हो।जसले गर्दा लगानीको लागि सुन कम आकर्षित हुन सकिने मानिएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।