सुनाखरी न्युज/काठमाडौं ।
आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ। नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
यसअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। बिहीबार युएईको अजमानस्थित द सेभन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन जोड्यो।
अब नेपालले तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ। फेरि नेपालले थाइल्यान्ड, कुवेत र युएईसँग दोस्रो लेग खेल्नेछ।प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ। यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आगामी जनावरीमा मलेसियामा आयोजना हुँदैछ।