सुनाखरी न्युज/काठमाडौं ।
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ।भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो।
निगमले जारी गरेको सूचना अनुसार काठमाडौंबाट राति ११ः५० मा हुने जापानको नारिता उडान भोलिबाट राती ९ बजेर १५ मिनेटमै हुने भएको छ । नारिताबाट फर्कदा पनि विहान ११ः २५ मा आइपुग्ने जहाज अब ९ः२५ मै आइपुग्ने भएको छ ।
काठमाडौंबाट दोहा उडान राती ११ बजे हुने उडान अब भोलिबाट साढे ९ मै हुने छ । दोहाबाट काठमाडौं आउने उडान पनि विहान ३ः २५ को उडान अब २ बजे आउने छ ।काठमाडौंबाट दुबइ उडान अहिले राती ११ः१५ मा हँुदै आएकोमा अब ९ः३५ मै हुने छ भने दुबई काठमाडौं उडान ४ः१० बजे हुँदै आएको उडान भने यथावत नै छ ।