२०८१ माघ २ , बुधवार

अलिपे प्लसबाट अब नेपाल भ्रमण गर्दा नेपालपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्घनमा मुख्य भूमिका निर्वाह गर्दै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले नेपालपे क्यूआर र Alipay+बीच क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरेका छन् । सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्ल्याटफर्ममा दक्षिणपूर्वी एसिया, अष्ट्रेलिया तथा न्युजिल्याण्डका एण्ट इन्टरनेशनलका महाप्रबन्धक एडवर्ड यू र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा तथा एण्ट इन्टरनेशनलका अध्यक्ष डगलस फेगिनका साथै दुवै संस्थाका अन्य प्रतिनिधिहरु, अन्य विशिष्ट व्यक्तिहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा सो घोषणा गरिएको हो ।

उक्त घोषण पश्चात् चिनियाँ मेनल्याण्ड लगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इ वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालका अन्तरआबद्ध नेपालपे क्यूआरको नेटवर्क सहित ८७५,००० भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । Alipay+का निम्न साझेदारहरूः Alipay (चिनियाँ मेनल्याण्ड), AlipayHK (हङकङ एसएआर), Tinaba (इटाली), ःMPay(मकाओ एसएआर), Touch ‘n Go eWalletर पब्लिक बैंक बर्हाडको MyPB (मलेशिया), Hipay(मंगोलिया), GCash(फिलिपिन्स), Changi PayरOCBC Digital(सिंगापुर), Naver Pay रToss Pay(दक्षिण कोरिया), TrueMoney(थाइल्याण्ड) बाट नेपालपे क्यूआर मार्फत सिमलेस क्रस बोर्डर भुक्तानी गर्न सकिने जनाइएको छ।

एण्ट इन्टरनेशन र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृति पश्चात् क्रस–बोर्डर त्तच् भुक्तानी सेवा शुरुवात गरिएको हो । नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीकालागिर नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापी रुपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका विभिन्न देशका पर्यटकहरुले नेपालको मर्चेन्टहरुलाई सहजै क्रस–बोर्डर डिजिटल भुक्तानी गर्न सक्ने भएको छ ।नेपालपे क्यूआर लगाइएका स्ट्यान्डराइज्ड क्यूआर पेमेन्टहरुले नेपालको पर्यटन क्षेत्र विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेर आगामी वर्षमा पर्यटन क्षेत्र अझफस्टाउने अपेक्षा सहित नेपाल र विश्वभरका साझेदारहरू र मर्चेन्टहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।