२०८१ मंसिर ६ , बिहिवार

फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियरमा भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम काठमाडौं आउने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर समारोहमा सहभागि हुन भारतीय अभिनेतात्रय प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौं आउने भएका छन् ।

फिल्मको प्रिमियर २९ कात्तिकमा तय छ ।३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना भारतीय कलाकारले अभिनय गरेका छन् ।

निर्देशक चन्द्र पन्त र निर्मात्री नीता ढुंगानाले तीनैजना कलाकार नेपाल आउने बताए ।निर्माता कम्पनी नीता ढुंगाना फिल्म्सले मंगलबार ट्रेलर सार्वजनिक गर्दै कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिसकेको छ ।