२०८१ मंसिर ७ , शुक्रवार

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

Suprime Court

सुनाखरी न्युज/ काठमाडौं ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ।समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो।

प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो। सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए।बैठकमा प्रस्तावित न्यायाधीशद्वय कार्ययोजना पेश गरेका थिए ।

त्यसपश्चात समितिले सर्वसम्मत रुपमा उनीहरुलाई सर्वासम्मत रुपमा न्यायाधीशद्वयलाई सर्वोच्चको न्यायाधीशमा अनुमोदन गरेको हो।यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश थिए । त्यस्तै, निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन्।