२०८१ पुष ९ , मंगलबार

आजको मौसमः स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले हल्का वर्षाको सम्भावना

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यो वर्षाको प्रभाव कोशी प्रदेशमा बढी र अन्य प्रदेशमा कम पर्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज र भोलि ९आइतबार र सोमबार० कोशी प्रदेशसहितका पहाडी क्षेत्रमा छिटफुट खालको वर्षा हुने छ ।

 

मंगलबार भने आइतबार र सोमबारको तुलनामा केही ठूलो वर्षा हुने छ । उक्त वर्षाको प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशसम्म देखिने मौसमविद मानन्धरको भनाइ छ । यद्यपि कात्तिक १८ – १९ गतेको जस्तो ठूलो वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाका मौसमविदको भनाइ छ ।