सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ ।
महानगरले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीतका संरचना भत्काइएको जानकारी दिए ।
उनका अनुसार यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।