सुनाखरी न्युज/ काठमाडौं ।
सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज ११.११” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,०००/-सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००/- सम्मको छुट प्राप्त गर्न सकिने छ । यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने बैंकको भनाइ छ।यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।