२०८१ माघ २ , बुधवार

एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच Alipay+को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फतNEPALPAY मर्चेन्टहरुकाQRमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका NEPALPAY QRतथा यसकाinteroperable QRको मर्चेन्ट QRमाAlipay+को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेकाNEPALPAY QRतथा यसकाinteroperable QRमा सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

Alipay+को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।