२०८१ मंसिर ६ , बिहिवार

युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रूसले सोमबार युक्रेनको सैन्य गुप्तचरले रूसी एमआई–डएमटिपीआर–१ इलेक्ट्रोनिक युद्ध हेलिकप्टर अपहरण गर्ने प्रयासलाई रोकेको जनाएको छ ।युक्रेनी सैन्य गुप्तचर अधिकारीहरूले यो हेलिकप्टरलाई युक्रेनी सशस्त्र बलद्वारा नियन्त्रित क्षेत्रमा सार्न रूसी सैन्य पाइलट भर्ती गर्ने प्रयाससमेत गरेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) सुरक्षा एजेन्सीले जनाएको छ ।

घटनाको स्पष्ट मिति उल्लेख नगरिएको भएता पनि अपरेसनको क्रममा प्राप्त गुप्तचरले युक्रेनी स्थानहरूमा आक्रमण गर्न अनुमति दिएको बताएको छ ।रूसी समाचार एजेन्सी आरआईए नोभोस्तीले एफएसबीलाई उद्धृत गर्दै पाइलटलाई किभ सुरक्षा सेवाले सम्पर्क गरेको जनाइएको छ ।

गत जुलाईमा, एफएसबीले आर्थिक पुरस्कार र इटालियन नागरिकताको बदलामा “रूसी सैन्य पाइलट“ को सहभागितामा उक्त प्रयासलाई रोकेको दाबी गरेको थियो ।सन् २०२३ को गर्मीमा युक्रेनले द्वन्द्वको विरोध गर्ने रूसी हेलिकप्टर पाइलट म्याक्सिम कुजमिनोभलाई भर्ती गरेको थियो । जसको सन् २०२४ को सुरुमा स्पेनमा मृत्यु भएको जनाइएको छ ।  रासस/एएफपी