२०८१ मंसिर ८ , शनिवार

उपनिर्वाचन पर्यवेक्षणको लागि सूचना प्रकाशन

niribachan

सुनाखरी न्युज/ काठमाडौं ।

संवत २०८१ मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले मिति २०८१/०७/२६ गते सूचना प्रकाशन गरेको छ ।

स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची-६३ बमोजिम स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई मिति २०८१/०७/२६ गतेदेखि मिति २०८१/०७/३० गतेसम्म ५ दिनको समय दिई निवेदन आव्हान गर्ने सम्बन्धी सूचना आयोगको वेबसाइटमा प्रकाशन गर्ने गरी आयोगबाट निर्णय भएको हो।

जसअनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमुलक अन्तरक्रिया गरी सम्बन्धित संस्थालाई स्पष्टतस् वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ ।त्यसैगरी सम्बन्धित पर्यवेक्षण संस्थाबाट निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रूपमा प्रतिवेदन लिई सो उपर छलफल कार्यक्रम राख्‍ने गरी आयोगबाट निर्णय भएको छ ।