२०८१ मंसिर ८ , शनिवार

काठमाडौँमा वायु प्रदूषण बढ्यो,विश्वकै प्रदूषित सहरको शीर्ष १० मा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा रहेको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ ।

आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ ।