२०८१ मंसिर ७ , शुक्रवार

पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइयो

rabi-lamichhane_

सुनाखरी न्युज/ काठमाडौं ।

मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।