२०८१ मंसिर ६ , बिहिवार

दीपक मनाङेलाई अदालत लगियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगिएको छ । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।