२०८१ कार्तिक २९ , बिहिवार

नेप्से परिसूचकमा समान्य अंकको गिरावट,७ अर्ब ८५ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेप्सेमा करेक्सन आएको छ।लगातार दुई दिन ८४.६८ अंकले बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको हो।यस दिन नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ।

मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।सोमबार ११ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ८५ करोडको किनबेच भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ४६ करोड रूपैयाँ कमी भएको हो।आज ३१२ वटा धितोपत्रको एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच भएको हो।