२०८१ मंसिर ६ , बिहिवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट,७ अर्ब ९१ करोडको कारोबार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।यस दिन नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ।बुधबार नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ।

मंगलबार ७ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ९१ करोडको किनबेच भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०८ वटा धितोपत्रको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको हो।बुधबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ।