२०८१ मंसिर ६ , बिहिवार

गाजामा भएको इजरायली हमलामा तीनजना प्यालेस्टिनीको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको सुजैयामा गरिएको आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको रिपोर्ट गरेको छ ।

उत्तरी गाजा पट्टीमा भएको इजरायली बम विष्फोटमा अल–तुफाह स्पोर्ट्स क्लबका खेलाडी, इयाद अबु खातेरको पनि मत्यु भएको स्रोतले जनाएको छ ।यसैबीच, बेत लाहियाको अल–मन्सिया छिमेकमा एक परिवारलाई लक्षित गरेको बम विस्फोटमा धेरै प्यालेस्टिनीहरू घाइते भएका छन् ।

सेनाले गाजा पट्टीको उत्तरमा जबालियामा आवासीय भवनहरू पनि खाली गराएका छन्् भने गाजा सहरको उत्तरी क्षेत्रलाई लक्षित गरी छापा मारेको छ ।सन् २ं०२३ अक्टोबर देखि गाजा पट्टीमा इजरायली आक्रमणमा परी अहिलेसम्म ४३ हजार ६६५ मानिसको मत्यु हुनुका साथै एक लाख तीन हजार ७६ जना घाइते भएको आपतकालीन र नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।  रासस/क्यूएनए