२०८१ माघ १ , मंगलबार

सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसनको अध्यक्षमा देउजा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

देशभरि क्रियाशिल सिभिल इन्जिनियरिङ ल्याबरेटरीहरुको छाता संस्थाको रुपमा सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपाल (सिइएलएएन) नामक संस्थाको गठन गरिएको छ । नेपाल निर्माण ब्यबसायी महासघका पूर्ब महासचिव रामशरण देउजाको अध्यक्षतामा संस्थाको बिधिवत दर्तासमेत गरिएको छ ।

भौतिक पूर्बाधार निर्माण उद्योगको सबैभन्दा महत्वपूर्ण पक्ष गुणस्तर परिक्षण कार्यमा संम्लग्न्न निजी सिभिल इन्जिनियरिं ल्याबेरोटरी (प्रयोगशालाहरु) को ब्याबसायिक क्षमता अभिवृद्धि, ब्याबसायिक हकहित, नियमन र अनुगमन एवम यस ब्यबसाय सम्बन्धि कानुन तर्जुमा गर्नका लागि ब्यबसायीहरुबिच एकता कायम गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको जनाइएको छ । निजी सिभिल इन्जिनियरिंग ल्याबेरोटरीका संचालकहरुबिच सगठन निर्माण गरेर संगठित हुनुपर्ने महसुस गरी उनीहरुबिचको लामो समयको छलफल, बैठक र सकारात्मक सोचपछि संस्था गठन गरी दर्ता गरिएको जनाइएको हो ।

संस्थाको सस्थापक कार्य समितिमा अध्यक्ष देउजा (भद्रकाली ल्याबरेटोरी प्रालि) मध्यपुर ठिमी नगरपालिका ६, उपाध्यक्षमा इन्जिनियर अभिमन्यु हुँमागाई (विडिएच ल्याब) ललितपुर उपमहानगरपालिका च्यासल, महासचिवमा इन्जिनियर बिज्ञानेश्वर माकजु (क्युटेज ल्याब) सूर्यबिनायक नगरपालिका भक्तपुर, कोषाध्यक्षमा राजन महर्जन (जिएस इन्जिनियरिंग) कीर्तिपुर नगरपालिका र सहकोषाध्यक्षमा गुरु घिमिरे (सोइल एग्रिगेट सिभिल ल्याब एण्ड कन्सल्टेण्ट) काठमाडौ महानगरपालिका जोरपाटी रहेका छन् । सदस्यहरुमा निशान भुषाल (बुटवल इन्जिनियरिंग ल्याबरेटोरी प्रालि) बुटवल उपमहानगरपालिका ११ र सागरबिक्रम बिष्ट (नारायण इन्जिनियरिंग ल्याब) नेपालगन्ज उपमहानगरपालिका रहेका छन् ।

अन्य सदस्यहरुमा टक खडका (टेक्निकल ल्याबरेटोरी एण्ड कन्सल्टेन्सी प्रालि) काठमाडौ महानगरपालिका, शिबहरि सिलवाल (सेन्टल मेटिरियल्स ल्याबरेटोरी प्रालि) चितवन उपमहानगरपालिका, राजिब कपुर (इन्जिनियरिंग मटेरियल्स टेष्टिंग ल्याबरेटोरी एण्ड रिसर्च सेन्टर प्रालि) धनुषा जनकपुर रहेका छन् ।सस्थाको कानुनी सल्लाहकारमा शिवराम तिमिल्सिना रहेको अध्यक्ष देउजाले बताए । यो कार्यसमितिको कार्यकाल ३ बर्षको रहने देउजाले जनाए । तीन बर्षपछि हुने साधारणसभा सहितको अधिबेशनले नयाँ कार्यसमिति गठन हुने पनि जानकारी अध्यक्ष देउजाले जनाए ।सस्था बिधिवत दर्ता गर्ने कार्य सफल बनाउन प्रत्यक्षअप्रत्यक्ष सहयोग गर्ने सबै महानुभाव र आबद्ध निजी सिभिल इन्जिनियरिंग ल्याबरेटोरीका प्रतिनिधिहरु सबैप्रति अध्यक्ष देउजाले हार्दिक आभार पनि ब्यक्त गरे । साथै उनले देशभरि क्रियाशिल सबै निजी सिभिल इन्जिनियरिंग ल्याबरेटोरीहरुलाई संस्थासँग आबद्ध हुनका लागि हार्दिक आव्हान पनि गरे ।