२०८१ मंसिर १८ , मंगलबार

नेपाल, जापान र दक्षिण कोरियाबीच ५० वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल, जापान र दक्षिण कोरियाबीचको ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुने भएको छ । काठमाडौंको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको हो । कार्यक्रमको आयोजकमा ग्रान्ड च्यारिट नेपालले रहेको छ । विश्व प्रख्यात के९पप जे९पप ताराहरू र लामो पक्षका चर्चित नेपाली कलाकारहरू सहितको गतिशील संगीत कन्सर्टलाई प्रायोजन गर्ने असाधारण अवसर प्रदान गर्न पाउँदा हामी हर्षित छौ ।

यो रोमाञ्चक दुई दिने संगीतिक कार्यक्रमले नेपाल र विदेशबाट हजारौं उत्साही प्रशंसकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्ततु दिने छन् । कार्यक्रम दिउँसो १ बजेबाट राती १० बजेसम्म हायात होटलमा यो कार्यक्रमको आयोजना हुने आयोजक ग्रान्ड च्यारिट नेपालले बतायो ।यो कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले आफ्नो प्रस्तुति रहनेछ ।

नेपालसँग जापान र दक्षिण कोरियाको मैत्री सम्बन्ध स्थापित भएको ५० बर्ष पुगेको शुभ अबसरमा यो कार्यक्रमको आयोजना हुन लागेको आयोजकले जानकारी दिए । नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संस्कृती झल्कने प्रस्तुती राख्नेछन् । कार्यक्रममा सहकार्य गर्न पाउदा नेपाल, जापान र दक्षिण कोरियाका कलाकारहरु उत्साहित छन् ।‘के पप टुर इन नेपाल’ सांगीतिक कन्सर्टमा नेपालका चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुती रहेको छ । कन्सर्टमा कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् ।

यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुती रहने आयोजकले जानकारी दियो । ग्रान्ड च्यारिट नेपालले ‘कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउदै कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतीबाट नयाँ अनुभव गर्न सक्ने जानकारी दिए । आयोजकले यसका लागि टिकट विक्री समेत खुल्ला भएको बताएको छ ।