२०८१ मंसिर ७ , शुक्रवार

१४ अंकले बढ्यो नेप्से,१० अर्ब ३२ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम दिन बिहीबारको कारोबारमा नेप्सेमा उच्च उतारचढाव देखिएको छ।केही दिनदेखि २८ सय विन्दु आसपास आएर बलियो प्रतिरोध पाइरहेको नेप्से बिहीबार बजार बन्द हुदाँ १३.९५ अंकले बढेर २७४८ विन्दुमा पुगेको हो।

कारोबारको अन्तिम समय एकै पटकमा ६ अंकले बढेर दोहोरो अंकको वृद्धि सम्भव भएको थियो। बिहीबार बढ्दा २७६२ मा पुगेको नेप्से घट्दा भने २७३० सम्म ओर्लिएको थियो।

बजारमा बढेको कारोबारले भने खरिदकर्ताहरू बजारमा हाबी हुँदै गएको देखिएको छ।बुधबार बजारमा सात अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको हो।