कवि सन्तोष कुमार पोखरेल-
म स्वयं मेरो अस्तित्वको खोजमा
रातदिन मगज खियाउँदै,
मेरा जीवनका अनमोल क्षण
बेफ्वाँकमा गुमाउँदै,
जब मृत्युको सङ्घारमा पुग्छुँ
मृत्यु ठिङ्ङ उभिन्छ मेराअगि
अनि म लाचार बनी झुक्छुँ।
मृत्यु मुसुक्क हाँस्छ।
मेरो अस्तित्वको अर्थ जीवन मात्र थियो
त्यसलाई ज्यूनूँ थियो
ज्यूँन सकिएनँ।
बिनाअर्थका तर्क वितर्कमा
अब जीवन सकियो,
जीवनको अभिमान सकियो,
मूर्दा बन्छुँ अर्को जीवन चैं पक्कै बाँच्ने जमर्को गर्दै ।
पूर्वजीवन त भैसकेका रहेछन्
म उसबेला पनि जीवनको अर्थ खोज्ने गर्थें रे।
मृत्यु फेरि मुसुक्क हाँस्यो।
यो रोग अहिले समेत यथावत छ
फेरि जीवन होला नहोला।
म सुध्रिनेवाला छैन ।
भक्तपुर नेपाल ।
(कवि हाम्रो समयका विश्वकवि हुनुहुन्छ। वहाँको यो मनोबैज्ञानिक कविताले मान्छेमात्रको अतार्किक चिन्तनको राम्ररी ढाड भाँचेको छ।)