२०८१ पुष ७ , आइतवार

असफल ‘विद्रोहमा सहभागी’ एक ब्राजिलियाली नागरिक पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौँ ।

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा गत वर्ष ब्राजिलमा भएको सत्ता विद्रोअ (कू) को प्रयास गरेको आरोपमा अर्जेन्टिना प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।अर्जेन्टिनाको ब्यूनस आयर्सबाट ६० किलोमिटर दक्षिणमा रहेको ला प्लाटाबाट ४७ वर्षीय ब्राजिलियाली जोएल्टन गुस्माओ डी ओलिभेरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ब्राजिलले यसअघि पनि उहाँलाई सुपुर्दगीका लागि पक्राउ र थुनामा राख्न वारेन्ट जारी गरेको प्रहरीले जनाएको छ ।

गत फेब्रुअरीमा ब्राजिलको एक अदालतले गुस्माओ डी ओलिभेरालाई ‘कू’ प्रयास गरेको र र सशस्त्र सङ्गठनमा सहभागी भएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाएको थियो ।बोल्सोनारो समर्थक हजारौं कार्यकर्ताले जनवरी ८, २०२३ मा राष्ट्रपति भवन, बाजिलको संसद् (कङ्ग्रेस) र सर्वोच्च अदालतमा आक्रमण गरी राष्ट्रपति निर्वाचित वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई अपदस्थ गर्न सशस्त्र बलको हस्तक्षेपको माग गरेकोसमेत अभियोग लगाइएको छ ।

ब्राजिलको समाचार साइट युओएलका अनुसार गुस्माओ डी ओलिभेरा एक शरणार्थीका रूपमा अर्जेन्टिनामा बस्दै आउनुभएको थियो र उहाँलाई आफ्नो कागजात नवीकरण गर्ने क्रममा पक्राउ गरिएको थियो।गत अक्टोबरमा अर्जेन्टिनाको सरकारले ‘गम्भीर अपराध’मा अभियोग लागेका वा दोषी ठहरिएका विदेशीलाई शरणार्थीको दर्जा दिन नपाउने गरी कानुन संशोधन गरेको थियो ।  रासस