सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ।शुक्रबार महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार-पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनकाअनुसार चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको हो।’अहिले अतिक्रमित चार-पाँच वटा घरहरूमा डोजर चलाएका छौं,’ उनले भने, ‘अझै अन्य घरहरूमा पनि चलाइने छ।’
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो।