सुनाखरी न्युज/ काठमाडौं ।
सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।
२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्याङ्कमा उल्लेख छ ।